अछाममा प्रभु महालक्ष्मी लाइफको अभिकर्ता नेतृत्व विकास कार्यक्रम सम्पन्न

९ बैशाख २०८१, आईतवार १०:३८

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता नेतृत्व क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शनीबार सुदुरपश्चिम प्रदेश अन्तर्गत अछाम जिल्लाको साफेबगरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका केन्द्रिय तालिम बिभाग प्रमुख डा. योगेन्द्र खतिवडाको सहभागीतामा बीमाको आवश्यकता, महत्व र बीमा बिक्री कला र कम्पनीको बीमा योजना एजेन्सी नियुक्ति वर्गीकरण र फाइदाबारे ब्यापक बहस गरेका थिए ।

अछाम ,साफेबगर र बाजुरा जिल्लाका सक्रिय अभिकर्ताको सहभागीता रहेको कार्यक्रमा उप–क्षेत्रीय प्रमुख भवाना सिंह भण्डारी, अछाम शाखा प्रमुख देवानन्द खतिवडा, साफेबगर शाखा प्रमुख मनिशा रावल लगायतको सहभागीता रहेको कम्पनीका लम्की शाखा प्रमुख भिम खतिवडाले बीमापोष्टलाई जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*