विवाहमा जेठानले ज्वाईलाई दिए बीमा पोलिसी उपहार

९ बैशाख २०८१, आईतवार १२:५५

काठमाडौं । बहिनीको विवाहमा जेठानले आफ्नो ज्वाईलाई १२ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । जापानमा बस्दै आएकी बहिनी संगिता गुरुङ्गको विवाहमा दाई तिलु गुरुङ्गले एशियन लाइफ इन्स्योरेन्सको सहकार्यमा ‘सुखी जीवन बीमा योजना’ उपहार दिएका हुन् ।

दुलही संगिता गुरुङ्गले भने पहिलेनै २१ लाख रुपैयाँको सुखी जीवन बीमा योजना खरिद गरिसकेको कम्पनीले जनाएको छ । अरु सामान उपहार दिदा फुट्ने, हराउने, च्यातिने वा लामो समयावधिका लागि टिकाउ नहुने भएकाले बीमा पोलिसी उपहार दिएको तिलु गुरुङ्गले बताए । बीमा पोलिसी उपहार दिदा बचत हुने, जोखिम बहन गर्ने र भविष्यमा एउटा बलियो पूँजीको रुपमा प्राप्त गरिने भएकाले बीमालाई सर्वाेत्कृष्ट ठानी पोलिसी उपहार दिएको गुरुङ्गले बताए ।

हाल बजारमा बीमा क्षेत्रलाई विस्तार गर्न र जनमानसमा बीमाको ज्ञान छर्न प्रतिस्पर्धात्मक कम्पनीहरुले विभिन्न कार्य योजना बनाई गाउँ तथा सहरमा जन्मदिन, विवाह, ब्रतबन्ध आदिजस्ता पर्वहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*