रिलायबल नेपाल लाइफको प्रदेश स्तरीय कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न

१० बैशाख २०८१, सोमबार ०९:४१

काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको सुदूरपश्चिम प्रदेशले प्रदेश स्तरीय कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । कम्पनीले कैलालीको गोदावरीमा दुई दिने तालिम कार्यक्रको आयोजना गरेर कर्मचारीहरूलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो ।

तालिममा उपस्थित कर्मचारीहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवम् रिसर्च एण्ड ट्रेनिङ डेभलपमेन्ट विभागका प्रमुख युवराज शर्माले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर बिष्टले कम्पनीको लक्ष्य अनुरुप सशक्त ढङ्गले काम गर्न कर्मचारीलाई सुझाव दिए । उनले कर्मचारीहरूका लागि भविष्यमा पनि अझै यस्ता कार्यक्रमहरु गर्दै जानुपर्ने बताए ।

महेन्द्रनगर शाखा प्रमुख राजेन्द्र प्रसाद भट्टको स्वागत मन्तब्यसँगै सुरु भएको उक्त कार्यक्रमको सञ्चालन अत्तरिया शाखा प्रमुख मोहन बहादुर बोहराले गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*