मेट लाइफको कोशि प्रदेश कार्यालय उद्घाटन

१० बैशाख २०८१, सोमबार १७:३१

काठमाडौँ । मेट लाइफ इन्स्योरेन्सले कोशि प्रदेश कार्यालयको उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमकाबीच मोरङको विराटनगरमा प्रदेश कार्यालयको उद्घाटन गरेको हो ।

जीवन बीमा सेवालाई व्यापक रूपमा सुदृढ र गुणस्तरीय बनाउँदै लगेको कम्पनीले प्रदेश कार्यालय स्थापनाले थप सेवा विस्तारमा सहज हुने विश्वास लिइएको छ । कार्यालय उद्घाटन कार्याक्रममा कम्पनीका कर्मचारी लगायत अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

२०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देश भरि छरिएका धेरै मानिसहरुलाई लघुबीमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको कम्पनी अविछिन्न रुपमा बीमितहरुको लागिको लागि काम गर्दै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*