सानिमा रिलायन्स लाइफको २ दिने कार्यक्रम सम्पन्न, विभिन विधामा उत्कृष्ठ कर्मचारी सम्मानित

११ बैशाख २०८१, मंगलवार १०:३९

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको दुई दिने बिजनेश स्ट्राटिजी मीट सम्पन्न भएको छ । कम्पनीले कर्मचारीहरुको क्षमता बृद्धि गने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम भैरहवाको टाईगर रिसोर्टमा सम्पन्न भएको हो ।

दुई दिने कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डेले विभिन्न बिधामा सम्मानित भएका कर्मचारी, अभिकर्ता लगायत शाखा कार्यालयलाई धन्यवाद व्यक्त गरेका छन् । साथै उनले आफ्नो कामप्रति इमान्दार र बीमितप्रति बफादार भई काम गर्न समेत आग्रह गरेको छन् ।

दुई दिने कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिबनाथ पाण्डे, डिसीईओ निराजन कडेल लगायत विभिन्न शाखा कार्यालयमा आवद्ध कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कम्पनीको सुदुरपश्चिम प्रदेशले यो वर्ष पनि विभिन्न ८ बिधामा प्रथम तथा ट्प ५ भित्र पर्न सफल भएको छ । सोही अवसरमा कार्यक्रमले अभिकर्ता भर्नाको अधारमा नेपाल प्रथम शाखा धनगढी, बीमालेख संख्याको आधारमा नेपाल पाचौं शाखा धनगढी, अभिकर्ता भर्नाको आधारमा उपशाखामा समुहमा नेपाल प्रथम अत्तरिया, उपशाखा समुहमा प्रथम बीमा शुल्क सन्कलनको आधारमा नेपाल दोस्रो अत्तरिया, अभिकर्ता भर्नाका आधारमा उपशाखामा नेपाल दोस्रो बेलौरी, वार्षिक लक्ष्यको आधारमा ११२% लक्ष्य हासिल गरि नेपाल तेस्रो बेलौरी र वार्षिक लक्ष्य अनुपातमा सुदुरपशिम रिजन नेपाल दोस्रो हुन सफल भएकाले सम्मानित गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*