आइएमई लाइफ इन्स्योरेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न

११ बैशाख २०८१, मंगलवार १७:२१

काठमाडौं । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

कम्पनीले काठमाडौं रिजन १ अन्तर्गतका अभिकर्ताहरुको क्षमता वृद्धि विकास गर्ने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम आज शंखमुलको होटल ए वन प्लालेसमा सम्पन्न भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कबि फुयालले अभिकर्ता तथा कर्मचारीहरुलाई इमान्दारिताका साथ काम गर्न निर्देशन दिएका छन् । बीमा अभिकर्ता चाँही कम्पनीका मेरुदण्ड हुन् भन्दै उनले भने, ‘कर्मचारी तथा अभिकर्ताहरुले निर्धकका साथ आफ्नो क्षमताले भ्याएसम्म व्यवसाय गर्न आवश्यक रहेको छ।’

उक्त कार्यक्रममा कम्पनीका सीईओ कबि फुयाल, चिफ मार्केटिङ अफिसर गणेश चौलागाई, अण्डरराइटिङ हेड सुदिप राना, हेड ट्रेनिङ सुनिल कुमार आचार्य लगायत काठमाडौं रिजन १ का अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कम्पनीले विभिन्न समयमा कर्मचारी र अभिकर्ताहरुको क्षमता वृद्धि गर्ने र हौसला प्रदान गर्ने उदेश्यले तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*