इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा, यस्ता छन् विशेषता

१२ बैशाख २०८१, बुधबार ११:२२

काठमाडौं । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक बैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत केवाइसी लिने प्रक्रिया जारी गरेको छ ।

विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा e-Application Declaration Form  सहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल Agent Portal मार्फत प्राप्त हुन्छ । केवाइसी सम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले  भिडियो केवाइसी  को अवधारणा ल्याएको छ ।

प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टल मार्फत पेश गरे पश्चात् e-Applicaton Declaration Form  मा आवश्यक विवरणहरु भरी कअबल गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्नेछ । प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाइसी  सम्वन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ ।

भिडियो केवाइसीको सुविधाले बीमा अभिकर्ताहरुलाई व्यवसाय गर्न थप सहज हुने अपेक्षा गर्दछौं । यस सुविधा बारे विस्तृत जानकारी, कम्पनीको वेबसाईटमा उपलब्ध छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*