ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन हुनुपर्छः मन्त्री चौधरी

१२ बैशाख २०८१, बुधबार १६:०३

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन हुनुपर्ने बताइछिन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोमा बोल्दै उनले यस्तो बताएकि हुन् ।

अन्तर्गत ऊर्जा क्षेत्रमा बातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयक सत्रमा मन्त्री चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्ताको संख्या न्यून रहेकोप्रति चिन्ता व्यक्त गरिन् ।

नेपालमा लामो समयदेखि महिला सशक्तिकरणका निम्ति काम हुँदै आएको भन्दै उनले अहिले बिस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको बताइन् । मूलरुपमा संविधान जारी भएपछि राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएपनि अन्य क्षेत्रमा भने त्यसरी वृद्धि हुन नसकेको बताइन् ।

हाइड्रोपावर प्रोजेक्ट लामो समयको योजना र बजेट धेरै लाग्ने योजना भएकाले त्यसको सुरुवात गर्न पनि समय लाग्ने गरेको बताउँदै उनले सात वटा मन्त्रालयसँग सम्बन्धित रहेको प्रक्रियागत हिसाबले पनि झन्झटिलो हुँदा लगानीकर्तालाई समस्या हुने गरेको पाइएको बताए ।

ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता तथा नेतृत्वकर्ता बढाउनका लागि सबैले भूमिका खेल्न आवश्यक रहेको भन्दै मन्त्री चौधरीले ऊर्जा क्षेत्रमा रहेको १६ प्रतिशत महिला सहभागिता वृद्धि गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*