तरलताका कारण निर्जीवन बीमाको दावी भुक्तानी दिनै नसक्ने अवस्थामा पुगेको बीमक संघको घोषणा, गलत हल्ला नफैलाउन प्राधिकरणको आग्रह

१२ बैशाख २०८१, बुधबार २३:२०

काठमाडौं । नेपाल बीमक संघले नै आज एक बिज्ञप्ति निकाले निर्जीवन बीमा कम्पनीहरुसँग दावी भुक्तानी दिन नगद अभाव भएको जानकारी दिएपछि नियामक नेपाल बीमा प्राधिकरणले बिज्ञप्ति नै निकाले प्रेस बिज्ञप्ति फिर्ता लिन भन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको यही बैशाख १० गते बसेको सञ्चालक समितिको बैठकमा भएको छलफलको आधारमा संघले आज जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘अर्कोतर्फ दावी भुक्तानी तत्काल गर्नुपर्ने परिस्थितिका कारण बीमकहरुको नगद प्रवाहमा समस्या भएको छ ।’ बीमक संघको सचिवालयको नाममा जारी बिज्ञप्तिमा ‘अन्यथा नगद प्रवाहको अभावमा बीमकहरुलाई दावी भुक्तानी गर्न असहजता हुने व्यहोरा सम्पूर्ण सरोकारवाला निकायलाई जानकारी गराउँदछौं ।’

 

बीमक संघले नै बीमा कम्पनीहरुमा तरलता अभाव भएकोले बीमा गर्नै नसक्ने अवस्थामा पुगेको भन्दै बिज्ञप्ति निकाल्न थालेपछि नेपाल बीमा प्राधिकरण झस्किएको छ । अध्यक्ष चंकी क्षेत्रीले नियामक निकाय नेपाल बीमा प्राधिकरणलार्य समेत गुमराहमा राखेर सिंगो बीमा क्षेत्र टाटपल्टिन लागेको भन्ने आशयको सन्देश जाने तथ्यहरु राखेर बिज्ञप्ति निकालेपछि अध्यक्ष सुर्य प्रसाद सिलवाल समेत हच्किएका छन् । नेपाल सरकारले दिने गरेर ग्यारेन्टी गरेको रकममाथि बीमा कम्पनीहरुले अविश्वास गर्दै जथाभावी गर्न थालेपछि नियामक निकायले पनि बिज्ञप्ति निकालेर भ्रम पैदा नगर्न र कृषि तथा पशुपन्छी बीमा पोलिसी जारी तथा दावी नरोक्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ । नेपाल बीमक संघले आज जारी गरको विज्ञप्तिमा ध्यानाकर्षण गराउँदै भ्रम सिर्जना नगरी उक्त कार्य नरोक्न निर्देशन दिएको हो ।

संघले नेपाल सरकारले कृषि बीमाको अनुदान रकम नदिएसम्म दावी भुक्तानी नगर्ने भन्दै बुधबार एक विज्ञप्ति जारी गरेको थियो । जसमा ध्यानाकर्षण गराउँदै प्राधिकरणले उक्त निर्णयबाट पछि हट्न बीमा कम्पनीहरुलाई निर्देशन गरेको हो ।

‘कृषि तथा पशुपन्छीं बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छीं विकास मन्त्रालयसंग बारम्बार समन्वय तथा पहल भईरहेको र निकट भविष्यमा रकम प्राप्त हुने नै हुदाँ तत्काल उक्त विज्ञप्ती फिर्ता लिई कृषि तथा पशुपन्छी बीमा व्यवसाय तथा दावी भुक्तानी सुचारु गरियोस्,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तर, अब प्रश्न उठेको छ, बीमा कम्पनीहरुमा तरलता अभाव भएर टाट पल्टिन लागेको भन्दै बिज्ञप्ति निकालेर आम जनतालाई भ्रम छर्ने बीमक संघका जिम्मेवार पदाधिकारी तथा अध्यक्ष माथि नियामक बीमा प्राधिकरणले कारवाही गर्छ कि गर्दैन ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*