नेपाल पुनर्बीमाको ६३ करोडको शेयर शेयर हिमालयन लाइफले किन्यो, अनुमति दिने प्राधिरणका कर्मचारीमाथि होला त छानविन ?

१२ बैशाख २०८१, बुधबार २३:५४

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको २२ लाख कित्ता भन्दा बढि संस्थापक शेयर बुधबार खरिद बिक्री भएको छ । केही समयअघि उक्त शेयर बिक्री गर्न भन्दै आइएई ग्रुप सम्बद्ध कम्पनीहरुले नियामक नेपाल बीमा प्राधिकरणमा प्रक्रिया अघि बढाएका थिए ।

उक्त २२ लाख ६० हजार ८८० कित्ता शेयर शेयर एशियन लाइफ र हिमालयन लाइफले खरिद गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र ग्लोबल आइएमई क्यापिटलले बिक्रिमा राखेको संस्थापक शेयर खरिद गरेको हो । कम्पनीको २२ लाख ६० हजार ८८० कित्ता सेयर खरिद बिक्री हुँदा ६३ करोड ३० लाख ९३ हजार २५८।५० रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज कारोबार भएको मध्ये ग्लोबल आइएमई क्यापिटलपनि प्रतिकित्ता २८० रुपैयाँका दरले १ लाख ८७ हजार ४३४ कित्ता सेयर बिक्रीमा राखेको थियो । उक्त सेयर प्रतिकित्ता २८०।२५ रुपैयाँका दरले एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेको स्रोतको भनाइ छ । उक्त सेयर कम्पनीले ५ करोड २५ लाख २८ हजार ३८७।५ रुपैयाँमा खरिद गरेको हो ।

यसअघि गत मंसिरमा पनि हिमालयन लाइफ र एशियन लाइफले नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर खरिद गरेका थिए । हिमालयन लाइफले प्रतिकित्ता ३ सय रुपैयाँका दरले १९ लाख ७९ हजार २४२ कित्ता सेयर ५९ करोड ३८ लाख २७ हजार २ सय रुपैयाँमा खरिद गरेको थियो । यस्तै, एशियन लाइफले छुट्टाछुट्टै मूल्यमा १० लाख कित्ता सेयर २७ करोड ६७ लाख ५४ हजार ५ सय रुपैयाँमा खरिद गरेको थियो ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी र निजि क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरु एउटै हुन् । दुई बीमा कम्पनीमा स्वार्थ बाझिने गरी एउटै समुहलाई सरकारी कम्पनी नेपाल पुनर्बीमाको शेयर खरिद गर्न नियामक नेपाल बीमा प्राधिकरणले कसरी अनुमति दियो ? कस कसले उक्त फाइलमा हस्ताक्षर गरेका छन् ? छानविनको विषय बन्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*