अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन भोलिदेखि नेपालमा सुरु हुदै, विहान ८ः३० बजे सोल्टीमा भव्य उद्घाटन

१३ बैशाख २०८१, बिहीबार १३:५१

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन भोलि विहानबाट काठमाडौंमा सुरु हुँदैछ ।

‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ समिटको भोलि शुक्रबार विहान विहान ८ः३० काठमाडौंको होटल सोल्टीमा भव्य उद्घाटन हुनेछ । नेपाल वायुसेवा सञ्चालक संघ, अन्तर्राष्ट्रिय क्षेत्रका प्रख्यात हवाई बीमा सर्भेएर लगायतका बौद्धिक व्यक्तित्वहरु सहभागी हुने कार्यक्रमको सबै तयारी पूरा भएको इस्योरेन्स इस्टिच्यूट नेपालका सिईओ सुशिलदेव सुवेदीले बताए ।

भोलिको हवाई बीमा सम्मेलनलाई बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल लगायतले सम्बोधन गर्ने कार्य योजना रहेको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञसहित ५ जना स्पीकर रहेका छन् । जसमा एअरलाइन्स अप्रेटर एसोसियन अफ नेपालका अध्यक्ष मनोज कार्की, एभिएसन सर्भेयर अजित कुमार कोक्केरी, यूआईबी एभियसनका म्यानेजिङ डाइरेक्टर मिलेस टफ्स, शिखर इन्स्योरेन्सका सीईओ तथा इन्स्योरेन्स इन्सिच्युटका डाइरेक्टर दिप प्रकाश पाण्डे र सिभिल एभियसनका डेपुटी डाइरेक्टर हन्सराज पाण्डे रहेका छन् ।

सम्मेलनमा बीमा क्षेत्रसम्बन्धी समग्र विषयमा कार्यपत्र पेश प्रस्तुत तथा छलफल गरिनेछ । साथै सहभागीहरूबीच यस क्षेत्रको अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।सम्मेलनमा जलवायु परिवर्तन र सोको प्रभाव, पुनर्बीमाको अवस्था, विभिन्न देशका बीमा नियामक निकायका कामकारबाही, चुनौती र बीमा क्षेत्रको दिगो विकासका लागि चाल्नुपर्ने कदमबारे पनि छलफल हुने बताइएको छ ।

सम्मेलनमा बाह्य देशका बीमा, बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका पदाधिकारीको उपस्थिति रहनेछ । त्यस्तै नेपालका बीमा कम्पनी, बीमासँग सम्बन्धित सरकारी निकायका पदाधिकारी, बीमाविज्ञ, मध्यस्थकर्तालगायतको सहभागिता हुने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*