जीवन बीमा कम्पनीको व्यवसाय ५ प्रतिशलते बढ्यो, नेशनल–प्रभु–आइएमई लाइफको उच्च बृद्धि

१३ बैशाख २०८१, बिहीबार १६:०८

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चैत महिनामा कूल बीमा व्यसवाय ५.११ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । चर्को आर्थिक मन्दीका  बाबजुद पनि जीवन बीमा कम्पनीहरुले कूल बीमा शुल्क आम्दानीमा उच्च बृद्धि गर्न सफल भएको आज सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुले १ खर्ब चार अर्ब ७३ करोड रुपैयाँको व्यवसाय गरेका थिए । जुन गत आर्थिक वर्षको तुलनामा ५ प्रतिशतले बढी हो ।

तथ्याङ्क अनुसार नेशनल लाइफ, एशियन लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ र हिमालयन लाइफको नाफा सार्वधिक अंकले बढेको देखिएको छ ।

गत आवको तुलनामा सबैभन्दा धेरै नेशनल लाइफको १३.४१ प्रतिशतले बृद्धि हुँदा प्रभु महालक्ष्मी लाइफको ११.७४ प्रतिशतको बृद्धि हासिल गर्न सफल भएको छ । त्यस्तै, एशियन लाइफले ११.७४ प्र्रतिशतले व्यवसाय बृद्धि गर्दा आइएमई लाइफले १०.१९ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

त्यस्तै, अन्य व्यवसाय बृद्धि गर्न सफल जीवन बीमा कम्पनीहरुमा रिलायबल नेपाल लाइफ ८.८१ प्रतिशत, हिमालयन लाइफ ८.८१ प्रतिशत, नेपाल लाइफ ८.०४ प्रतिशत, मेट लाइफको ६.६२ प्रतिशतले व्यवसाय बृद्धि गर्न सफल भएका छन् ।

साथै सिटिजन लाइफले ५.६५ प्रतिशतको बृद्धिदर हासिल गर्दा सूर्यज्योति ५.१५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको व्यवसाय ५.०४ प्रतिशतले बृद्धि भएको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय २२.९९ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*