जीवन बीमा कम्पनीहरु नविकरण बीमाशुल्क आर्जन साढे ८८ अर्बमाथि, कुनको कति ?

१३ बैशाख २०८१, बिहीबार १६:२०

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासमा नविकरण बीमाशुल्कवापत ८८ अर्ब ६१ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।जीवन बीमा कम्पनीहरुको तेस्रो त्रैमासको अवधिसम्ममा उक्त बीमाशुल्क आर्जन गर्न सफल भएको बीमा प्राधिकराणको तथ्यांकले देखाएको छ।

यस त्रैमासको अवधिमा नेपाल लाइफ व्यवसायको हिसाबले अग्रस्थानमा रहेको छ।कम्पनीले चैत मसान्तसम्ममा २४ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यसअवधिसम्मा १२ अर्ब ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

एलआईसी नेपाल तेस्रो स्थानमा रहेको छ। कम्पनीले यसअवधिमा १२ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस अवधिसम्ममा ११ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

तेस्रोमा हिमालयन लाइफ रहेको छ। कम्पनीले यस अवधिमा १० अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*