एक महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क २ अर्ब ७९ करोड, कुनको कति ?

१३ बैशाख २०८१, बिहीबार १६:२५

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको एक महिनामा प्रथम बीमाशुल्क आर्जन २ अर्ब ७९ करोड माथि रहेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार चैत महिनामा अवधिमा प्रथम बीमाशुल्क आर्जन २ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ रहेको हो ।

चैतमा मात्र सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्नमा नेपाल लाइफ पहिलो नम्बरमा रहेको छ । कम्पनीले एक महिनामा मात्र ५६ करोड ८७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो ।

एक महिनामा प्रथम बीमा शुल्क आर्जन गर्नेमा क्रमशः नेसनल लाइफले ३७ करोड ४ लाख रुपैयाँ, हिमालयन लाइफले २५ करोड १० लाख रुपैयाँ, सूर्यज्योति लाइफ २१ करोड ८५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २० करोड ३२ लाख रुपैयाँ, सिटिजन लाइफले १९ करोड ९२ लाख रुपैयाँ, एशियन लाइफले १६ करोड ६५ लाख रुपैयाँ र एलआइसी नेपालले १५ करोड ५४ लाख रुपैयाँ संकलन गरेको हो ।

त्यस्तै, आइएमई लाइफले १५ करोड ४४ लाख रुपैयाँ, सन नेपाल लाइफले १३ करोड ३६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १२ करोड २ लाख रुपैयाँ, मेट लाइफले ११ करोड ५८ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १० करोड ८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमाले ३ करोड ८२ लाख रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*