वैदेशिक रोजगारमा ज्यान गुमाएका तामाङकी श्रीमतीले पाइन् बीमाको १४ लाख रुपैयाँ

१३ बैशाख २०८१, बिहीबार १७:५१

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बैदेशिक रोजगारीमा ज्यान गुमाएका बीमितको परिवारलाई बीमा दावी भुक्तानी गरेको छ ।

म्यागङ गाउँपालिका २ नुवाकोट निवासी बृक्ष तामाङले बैदेशिक रोजगारको शिलशिलामा (म्यादि) बीमा गरेका थिए । केही समय पश्चात रोजगारको क्रममा उनले आफ्नो ज्यान गुमाउन पुगे र सोही बीमालेख दावी भुक्तानीको लागि आवश्यक प्रक्रिया पुरा गरी कम्पनीले उनकी पत्नीलाई १४ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको हो ।

बीमा दावी भुक्तानी कार्यक्रममा गाउँपालिकाका कर्मचारी सन्तलाल तामाङ, लामा गुरु थुप्तेन लामा र शिक्षक तथा अभिकर्ता नेमा तामाङसहित शाखा प्रबन्धक मुकुन्द कोईरालाको सहभागितामा बीमा दावी वापतको रकम हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*