अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु,समस्या र अनुभव आदानप्रदान

१४ बैशाख २०८१, शुक्रबार १०:३८

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन अाजबाट काठमाडौंमा सुरु भएको छ |

‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ अाज काठमाडौंको होटल सोल्टीमा भव्य उद्घाटन गरेर सुरु भएको हो |

नेपाल वायुसेवा सञ्चालक संघ, अन्तर्राष्ट्रिय क्षेत्रका प्रख्यात हवाई बीमा सर्भेएर लगायतका बौद्धिक व्यक्तित्वहरु सहभागीतामा भएको समिट भइरहेकाे छ ।

नागरिक उड्ययन प्राधिकरणका नायब महानिर्देशक हंशराज पाण्डेले विमानस्थल क्षेत्रका सबै मेसिनेरी सामान र उक्त क्षेत्रभित्र रहेका सबैको बीमा अति आवश्यक रहेको बताएका छन् ।
रिक्सको सेक्टरमा बीमा अनिवार्य जरुरी छ । हवाई बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रुपमा रहेका प्राधिकरणका नायब महानिर्देशक पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्रको इतिहाससम्बन्धी जानकारी दिँदै अपरिहार्य रहेको जानकारी दिएका हुन् ।

हवाई बीमा सम्मेलनलाई बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल लगायतले सम्बोधन गर्ने कार्य योजना छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञसहित ५ जना स्पीकर रहेका छन् । जसमा एअरलाइन्स अप्रेटर एसोसियन अफ नेपालका अध्यक्ष मनोज कार्की, एभिएसन सर्भेयर अजित कुमार कोक्केरी, यूआईबी एभियसनका म्यानेजिङ डाइरेक्टर मिलेस टफ्स, शिखर इन्स्योरेन्सका सीईओ तथा इन्स्योरेन्स इन्सिच्युटका डाइरेक्टर दिप प्रकाश पाण्डे र सिभिल एभियसनका डेपुटी डाइरेक्टर हन्सराज पाण्डे रहेका छन् ।

सहभागीहरूबीच यस क्षेत्रको अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।सम्मेलनमा जलवायु परिवर्तन र सोको प्रभाव, पुनर्बीमाको अवस्था, विभिन्न देशका बीमा नियामक निकायका कामकारबाही, चुनौती र बीमा क्षेत्रको दिगो विकासका लागि चाल्नुपर्ने कदमबारे पनि छलफल भएको छ।

सम्मेलनमा बाह्य देशका बीमा, बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका पदाधिकारीको उपस्थिति रहेकाे छ ।त्यस्तै नेपालका बीमा कम्पनी, बीमासँग सम्बन्धित सरकारी निकायका पदाधिकारी, बीमाविज्ञ, मध्यस्थकर्तालगायतको सहभागिता भएका छन् |

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*