चैत्र महिनामा मात्रै जीवन बीमा कम्पनीको नवीकरण बीमा शुल्क आर्जन ८ अर्ब माथि

१४ बैशाख २०८१, शुक्रबार ११:०३

काठमाडौं । चालु आर्थिक वर्षको चैत्र महिनामा मात्रै १४ जीवन बीमा कम्पनीहरूले आठ अर्ब ७५ करोड ४४ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका छन् ।

चालु आवको चैत्र महिनामा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक दुई अर्ब ५८ करोड ५१ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशनले एक अर्ब नौं करोड ७६ लाख रुपैयाँ र तेस्रोमा नेशनल लाइफले ९६ करोड ६७ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेको छ ।

चालु आवको चैत्र महिनामा हिमालयन लाइफले ८९ करोड ९२ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५९ करोड ९८ लाख रुपैयाँ, एशियन लाइफले ४६ करोड ४२ लाख रुपैयाँ र मेट लाइफले ३८ करोड ३६ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी, सिजिटन लाइफले ३१ करोड ७२ लाख, आइएमई लाइफले ३१ करोड एक लाख, सानिमा रिलायन्स लाइफले २६ करोड ९९ लाख र प्रभु महालक्ष्मी लाइफले २४ करोड ४७ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका छन् ।

यता, रिलायबल नेपाल लाइफले २३ करोड तीन लाख राष्ट्रिय जीवन बीमा कम्पनीले २० करोड सात लाख रुपैयाँ र सन नेपाल लाइफले सर्वाधिक कम १८ करोड ४६ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेको छ ।

गत आवको चैत्र महिनाको तुलनामा चालु आवको चैत्र महिनामा सात कम्पनीको नवीकरण बीमा शुल्क आर्जन बढेको छ भने सात कम्पनीको घटेको छ ।

गत आवको चैत्र महिनाको तुलनामा आइएमई लाइफको सर्वाधिक ३३.९१ प्रतिशतले बढेको छ । त्यस्तै, सूर्यज्योतिको २५.०१ प्रतिशत, नेशनल लाइफको १४.८३ प्रतिशत र नेपाल लाइफको १२.६७ प्रतिशतले नवीकरण बीमा शुल्क आर्जन बढेको छ ।

गत आवको चैत्र महिनाको तुलनामा चालु आवको सोही अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको ३७.२३ प्रतिशतले नवीकरण बीमा शुल्क आर्जन घटको छ । रिलायबल नेपालको १३.९३ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पाेरेशनको १२.०८ प्रतिशत तथा हिमालयन लाइफको १०.५१ प्रतिशतले नवीकरण बीमा शुल्क आर्जन घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*