सन नेपाल लाइफद्वारा १६ लाख रुपैयाँ दाबी भुक्तानी

१६ बैशाख २०८१, आईतवार १०:४७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी बापत १६ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार बीमित शोभा कुमारीले इच्छाएको व्यक्ति निजको श्रीमान राज कुमार साहलाई कम्पनीले १५ लाख बीमा रकम, ५० हजार क्रिया खर्च र ५० हजार बोनस गरी जम्मा १६ लाख रुपैयाँ प्रदान गरेको हो ।

दाबी भुक्तानीसँगै कम्पनीले बीमा सचेतना कार्यक्रम पनि गरेको जनाएको छ । कार्यक्रममा वडाध्यक्ष पुनी लाल साह तेली, महुवन प्रहरी चौकीका इन्चार्ज, वीरगंज शाखा प्रबन्धक राम प्रसाद, उप शाखा प्रमुख महाविर ठाकुरका साथै कम्पनीका अन्य कर्मचारीहरू र स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*