रुपन्देहीमा आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

१६ बैशाख २०८१, आईतवार १६:५४

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न ठाँउमा अभिकर्ता तालिम सञ्चालन गर्दै आएको छ । यसैक्रममा कम्पनीले रुपन्देही जिल्लाको सैनामैनामा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

जीवन बीमा अभिकर्ताहरुको व्यवसायिक शिप विकास गर्ने योजनाका साथ सम्पन्न भएको उक्त तालिममा अभिकताहरुको बाक्लो सहभागिता रहेको कम्पनीको मुर्गीया शाखाले जानकारी दिएको छ ।

मानिसको जीवनमा विभिन्न खाले अनपेक्षित घटनाहरु जस्तै पुर्ण अपाङ्ग, घातक रोग (२१ प्रकार) र मृत्युको जोखि बहन गर्नका लागि जीवन बीमा योजनाको आवश्यकता र सोको प्रभावकारीताबारे तालिममा सिकाईएको शाखाले जनाएको छ ।

साथै, कम्पनीमा अभिकर्ता भई कार्य गर्दा हुने व्यवसायिक सुविधाहरुको बारेमा समेत तालिममा प्रशिक्षण प्रदान गरिएको थियो । तालिलममा सैनामैना नगरपालिकामा रहेका संघसंस्था, महिला समुह तथा युवा क्लवहरुबाट गरि २० जनाको सहभागिता रहेको थियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*