बीमा प्राधिकरणद्धारा संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन, के के फेरिए ?

१७ बैशाख २०८१, सोमबार १७:५४

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ संशोधन गरेका छ । पुरानो निर्देशिका खारेज गरी नयाँ जारी गरिएको निर्देशिकामा यसअघि बीमा ऐनबाट हटाइएको परिपालना सम्बन्धी व्यवस्था थप गरिएको छ । साथै अन्य ऐनमा स्पष्ट हुन बाँकी केही कुराहरु थप गरिएको छ ।

नयाँ व्यवस्था अनुसार बीमा कम्पनीको संचालक नियुक्त र हेरफेर र पद रिक्त रहेको खण्डमा १५ दिनभित्र सोको विवरण तयार पारी प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।
विदेशी बीमकको व्यवस्थापन समूह गठन गर्दा कार्यकारी प्रमुखको संयोजकत्वमा वरिष्ठ कर्मचारीहरुमध्ये कम्तीमा एकजना नेपाली कर्मचारी रहने गरी ३ सदस्यीय रहनुपर्ने व्यवस्था गरिएको छ । सो अनुसार हाल सञ्चालनमा रहेका मेट लाईफ, नेशनल इन्स्योरेन्स कम्पनी, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा प्रभावित हुनेछन् ।

नयाँ व्यवस्था अनुसार हरेक बीमा कम्पनीमा सम्पत्ति शुद्धिकरण विभाग गठन गर्नुपर्नेछ । अन्य व्यवस्था पुरानै कायम गरिएको छ । बीमा कम्पनीहरुमा दावी भुक्तानी, जोखिम व्यवस्थापन, मानव संशाधन विभागहरु यसअघि नै कार्यान्वयनमा थिए ।

हेरौं नयाँ संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको पूर्णपाठ

662f7a9e71f06_1714387614

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*