एशियन लाइफ इन्स्योरेन्सद्धारा बीमितको घरमै पुगेर बीमा दाबी भुक्तानी

१७ बैशाख २०८१, सोमबार १८:४१

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले बीमितको घरदैलोमै पुगेर मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले गौरादह–२ हाँसखुरा निवासी स्व.भगीरथ ताजपुरियाको श्रीमती (हकवाला) लाई दाबी बापतको ३ लाख ८१ हजार ४५२ रुपैयाँ हस्तान्तरण गरेको हो । दाबी भुक्तानी रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका अभिकर्ता र स्थानियहरुको समेत सहभागिता रहेको थियो ।

बित्तीय क्षेत्रमा चरम संकट आएको समयमा पनि कम्पनीले जनजिविकाको क्षेत्रमा पुर्याएको योगदान उच्च रहेदै आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*