आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता क्षमता अभिवृद्धि तालिम सम्पन्न, १४० जना प्रशिक्षित

१८ बैशाख २०८१, मंगलवार १०:२२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले मधेश प्रदेशको मिर्चैयामा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि तालिम भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम मार्फत १२४ जना अभिकर्ताहरुलाई प्रशिक्षित गरेको हो ।

कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले उद्घाटन गरेको सो कार्यक्रममा, तालिम विभाग प्रमुख सुनिल आचार्य, प्रदेश प्रमुख रवि शंकर सर्राफले प्रशिक्षण दिएका थिए ।

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले अभिकर्ता पेसाको महत्वका साथै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ–नयाँ पद्धतिका विषयमा सरल एवं सहज टेक्निकहरु बताउँदै पेशागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुति दिएका थिए । उनले इमान्दारिताका साथ कार्य गर्दा यो पेसाबाट नाम, दाम र सम्मान आजीवन रहने गरी सन्तुष्टिसहित कार्य गर्न सकिने बताए ।

कार्यक्रमको अध्यक्षता मधेश प्रदेश प्रमुख रवि शंकर सर्राफले गरेका थिए । कार्यक्रममा मधेश प्रदेश अन्तर्गतका राजबिराज, लाहान, सिराहा, मिर्चैया जनकपुर शाखाका अभिकर्ताहरु साथै कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको मिर्चैया शाखा प्रमुख अनिल साहले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*