एलआइसी नेपालद्धारा साढे १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

१८ बैशाख २०८१, मंगलवार ११:२७

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कलैया शाखाले बीमा गरेर विदेश जाँदा तीन दिनमै मृत्यु भएका अजहर मियाको श्रीमती सबारा खातुनलाई १० लाख ५२ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

मियाले १० लाखको जीवन आनन्द १० वर्ष बीमा पोलिसि लिएका थिए । वैदेशिक रोजगारमा नेपालबाट साउदी अरेबिया काम गर्न गएका मियाको बीमा गरेको तीन दिनमै हृदय घातबाट निधन भएको थियो ।

बीमितको निधनपछि मियाको दाबीकर्ता श्रीमतीखातुनलाई बीमाको बोनससहितको रकम बैशाख १७ गते प्रदान गरीएको हो । दाबी भुक्तानी बापतको रकम कलैया शखा कर्मचारी जैद अली चौहान र शाखा प्रबन्धक अमरेन्द्र प्रसाद यादवले हस्तान्तरण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*