बीमा अभिकर्ता र सर्भेयरहरुलाई पनि एकाघर परिवारको बीमा गराउन नपाउने व्यवस्था लागू, कारोबारको सीमा तोकियो

१८ बैशाख २०८१, मंगलवार ११:५४

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा आवद्ध बीमा अभिकर्ता एवं सर्भेयरहरुले एकाघर परिवारको बीमा गराउन नपाउने व्यवस्था गरेको छ।

प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संसोधन गर्दै जीवन बीमातर्फबाट अभिकर्ताले र निर्जिवन बीमातर्फ सर्भेयरहरुले एकाघर परिवारको बीमा गर्न नपाईने व्यवस्था गर्न लागेको छ।

त्यस्तै, बीमा प्राधिकरणले जीवन बीमा व्यवसाय गर्ने बीमकले ऐनको दफा ६६ को उपदफा (१)मा उल्लेखित व्यक्तिको एक करोड रुपैयाँसम्मको बीमा गर्न पाउने व्यवस्था गरिएको छ।

बीमा सर्भेयरहरुले आफनोतर्फबाट सर्भे कार्य गरिरहेको बीमा सर्भेयर तथा आफनो व्यवसायसँग सम्बन्धित बीमा दलालको कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गर्न नपाउने व्यवस्था गरेको छ।

त्यस्तै, बीमा अभिकर्ताले आफू अभिकर्ता भई आफनो एकाघर परिवारको सदस्याको जीवन वा कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गराउन नपाउने व्यवस्था रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*