राप्ती गाउँपालिकामा बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१८ बैशाख २०८१, मंगलवार १२:२७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले राप्ती गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणका उप–निर्देशक राजेन्द्र महर्जनको सभापतित्वमा बैशाख १७ गते (सोमवार) उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आम नागरिकहरुलाई बीमाको दायरामा ल्याउन आवश्यक रहेको बताएका छन् । साथै, उनले आफ्नो गाउँपालिका भित्रका किसानहरुलाई कृषि बीमा गर्न र नागरिकहरुलाई स्वास्थ्य बीमा गरी समस्या आउनुपूर्व नै सचेत रहन आग्रह गरेका छन् ।

साथै, बीमा सम्बन्धि जनचेतना मुलक कार्यक्रम आयोजना गर्ने बीमा प्राधिकरणलाई धन्यवाद व्यक्त गर्दै आम नागरिकहरुलाई बीमाको दायरामा ल्याउन आफ्नो तर्फबाट सधै सहयोग रहने बताए ।

प्राधिकरणका बसन्त बोहराले नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा लगायतका अन्य विषयमा आफ्नो प्रस्तुतिकरण गरेका थिए ।

प्रस्तुतिकरण पश्चातको छलफल कार्यक्रममा सहभागीहरुले जीवन र निर्जीवन बीमा एवं कृषि तथा पशुपन्छी बीमाका विविध विषयमा राखेका जिज्ञासाको जवाफ उप–निर्देशक राजेन्द्र महर्जनले दिएका थिए । साथै, जीवन र निर्जीवन बीमकका प्रतिनिधि एवं कृषि प्राविधिकले समेत स्थानीय भाषामा उठेका जिज्ञासाको जवाफ दिएका थिए ।

त्यस्तै, कार्यक्रमको प्रमुख अतिथिको रुपमा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष कमलापति चौधरी र अतिथिमा प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर वली लगायत विभिन्न बीमा कम्पनीहरुका प्रतिनिधीहरु र सम्पूर्ण वडाका अध्यक्षहरु रहेका थिए । त्यस्तै, कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

साथै, बीमा प्राधिकरणका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले कार्यक्रम सञ्चालन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*