सूर्यज्योति लाइफमा १२ पासलाई पनि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

१८ बैशाख २०८१, मंगलवार १३:०२

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न शाखाका लागि शाखा प्रमुख र ट्रेनी अशिस्टेन्ट पदको लागि दरखास्त आह्वान गरेको हो ।

कम्पनीले दमक, जोमसोम, बाग्लुङ, चितवनको पर्सा, लेखनाथ र मनहरी शाखाको शाखा प्रमुखको लागि आवेदन आह्वान गरेको छ । कम्पनीका अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नातक तह पास गरेको शैक्षिक योग्याता हुनुपर्ने छ ।

यसैगरी, बीमा, बैंकिङ्ग र वित्त क्षेत्रमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ । २१ वर्ष पूरा भएको र ४० वर्ष ननाघेको व्यक्तिले उक्त पदका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

यस्तै, कम्पनीले भोजपूर, भोर्लेटार, भोटेवडार, भोटेचौर, चनौलि, छिन्चु, दिक्तेल, डुम्रे, जोमसोम, कालिकोट, मनाहरी र रसुवा शाखाको लागि ट्रेनी अशिस्टेन्ट माग गरेको हो । जसकालागि कम्तिमा १२ पास गरेको हुनुपर्ने छ । १८ वर्ष पूरा भएको र ३५ वर्ष ननाघेको व्यक्तिले उक्त पदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारहरुले कम्पनीको आधिकारिक वेबसाईट  मार्फत आवेदन दिन सक्नेछन् ।

सूचना :

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*