क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

१८ बैशाख २०८१, मंगलवार १७:५५

काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट पारित भए बमोजिम सर्वसाधारणलाई छुट्टाईएको साधारण शेयर निष्कासन गर्ने भएको हो ।

निष्काशनको प्रक्रियागत कार्य सम्पन्न गर्नको लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीको तर्फबाट एनआएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्झौता गरिएकोछ । उक्त सम्झौता पत्रमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा एनआएमबि एस क्याप्टिल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले हस्ताक्षर गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*