ब्याजदर तथा बीमाशुल्क बढ्दा वित्तिय र बीमा क्षेत्रको वृद्धिदर प्रक्षेपणमा ७ प्रतिशतको वृद्धि

१८ बैशाख २०८१, मंगलवार १८:३१

काठमाडौं । चालु वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएको छ । जसमा वित्तीय र बीमा क्षेत्रको वृद्धि प्रक्षेपण ७ दशमलव ८० प्रतिशतले वृद्धि भएको तथ्यांक विभागको तथ्यांकले देखाएको छ।

बर्षका धेरैजस्तो महिनामा कर्जा प्रवाह नगरेकै अवस्थामा पनि राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक बर्षमा वित्तिय तथा बीमा क्षेत्रको वृद्धि ७।८० प्रतिशत हुने प्रक्षेपण गरेको छ। गत आर्थिक बर्षमा यस क्षेत्रको वृद्धिदर ७।२९ रहेको थियो ।

गत बर्षको प्रक्षेपण तुलनामा ७ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार लेखा तथ्यांकसम्बन्धी विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/०८१ मा नेपालको आर्थिक वृद्धिदर सावर्जजिक गरेको हो ।

तथ्यांक कार्यालयका प्रमुख अर्जुन पोखरेलले नौ महिनाका तथ्यांकलाई आधार लिएर चालु आर्थिक बर्षको प्रक्षेपण गरिएको बाँकि तीन महिनाको प्रक्षेपण आउदा केही तथ्यांक फरक पर्ने जानकारी दिएका छन् ।

चालु आर्थिक वर्षमा बीमाशुल्क उल्लेख्य रूपमा बढेको र बैंक तथा वित्तीय संस्थामा ब्याजदर (निक्षेप र कर्जा दुवै) पनि बढेका कारण वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदरमा सुधार देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख अर्जुन पोखरेलले बताएका थिए ।‘चालु आर्थिक वर्षको यस अवधिसम्मा बीमा शुल्क संकलनमा पनि उल्लेख्य सुधार भएको छ,’ उनले भने, ‘ब्याजदर र बीमा शुल्क बढेका कारण यस क्षेत्रको वृद्धिदर सात प्रतिशतभन्दा बढी हुने देखिएको हो ।’

कोभिडका कारण गरिएको लकडाउनका कारण अघिल्ला दुई आर्थिक वर्षमा वित्तीय र बीमा क्षेत्रको वृद्धिदर खुम्चिएको थियो । त्यसपश्चात् देशको आर्थिक अवस्था सुधाउन्मुखतर्फ गईरहेको कारण वित्त र बीमा कम्पनीको आर्थिक वृद्धिदरको प्रक्षेपण सुधारात्मक हुँदै गईरहेको उनको धारणा रहेको छ।

बैंकिङ र बीमा क्षेत्रमा पनि सकारात्मक प्रभाव परेकाले चालु आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदरमा सुधार देखिएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको बाँकी तीन महिनाको पनि सम्भावित गतिविधिका आधारमा विभागले यस्तो प्रक्षेपण गरेको हो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक बर्षको तेस्रो त्रैमासम्ममा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ५ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ ।

निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ० दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ , नेपालमा बीमा पहुँच करिब साढे ४४ प्रतिशत पुगेको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ ।

पछिल्ला वर्षमा तीव्र रुपमा बिमा सेवाको विस्तार बढेकाले समग्र बीमाको पहुँचमा पनि वृद्धि भएको प्राधिकरणको मासिक तथ्यांकले देखाएको छ ।

प्राधिकरणका अनुसार गत चैतसम्म मुलुकको कुल जनसंख्याको करिब साढे ५५ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर छन् ।

कार्यालयले राष्ट्रिय लेखा तथ्यांक गणना गर्दा चार वर्षअघिदेखि वित्तीय क्षेत्रमा बीमा पनि समावेश गर्दै आएको छ । त्यसभन्दा अघिका वर्षमा बीमालाई अन्य शीर्षकमा राखेर गणना गरिँदै आएको थियो ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) गणना गर्दा वित्तीय मध्यस्थता क्षेत्रअन्तर्गत बैंकिङ, बीमा र सामाजिक सुरक्षा योगदान गरी तीन समूहमा विभाजन गरिएको छ । बैंकिङ समूहभित्र राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र सहकारी संस्थाको कारोबार समावेश हुन्छ ।

बीमा समूहअन्तर्गत बीमा समिति, जीवन बीमा र निर्जीवन बीमा कम्पनीको कारोबार समावेश गरिन्छ । सामाजिक सुरक्षा योगदान समूहमा धितोपत्र बोर्ड, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत पर्छन् । यी सबै क्षेत्रको वृद्धिका आधारमा समग्र वित्तीय मध्यस्थता क्षेत्रको वृद्धिदर निकालिन्छ ।

वाणिज्य बैंकहरुको खुद नाफा साढे १३ प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवतरण अनुसार हाल संचालकमा रहेका २० वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँमा सीमित भएको हो ।चालु आर्थिक बर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको हो ।

गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशत थियो । यस्तै चालु आर्थिक वर्षमा आधारभुत मूल्य वृद्धिदर ३.५४ प्रतिशत हुने अनुमान गरिएको छ । कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान छ ।

चालु आर्थिक वर्षको प्रतिव्यक्ति आय १४५६ डलर हुने अनुमान छ । विभिन्न क्षेत्रको मूल्यांकन तथा मापन गरेर आर्थिक वृद्धिको अनुमान हुँदै आएको छ । १८ वटा आर्थिक क्षेत्रका क्रियाकलापको विश्लेषण गरेर अनुमान निकालिएको हो ।

यद्यपि वित्तीय क्षेत्रमा लिइएका नीतिगत पहलकदमीको परिणामस्वरूप वित्तीय पहुँच विस्तार भएको राष्ट्र बैंकको दाबी छ ।

सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुराउने राष्ट्र बैंकको नीतिअनुरूप गत फागुनसम्म ७ सय ५० स्थानमा बैंक पुगिसकेका छन् ।

पछिल्ला महिनामा बैंक तथा वित्तीय संख्यामा निक्षेप खाता, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत डिजिटल बैंकिङमा पनि उल्लेख्य सुधार भएको सरकारी तथ्यांकले देखाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*