प्रभु महालक्ष्मी लाइफ विराटनगर शाखाद्वारा साढे १० लाख रुपैयाँको दावी भुक्तानी

१९ बैशाख २०८१, बुधबार ११:२२

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको विराटनगर शाखा कार्यालयले बीमितलाई बीमा दावी बापतको १० लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीको विराट्नगर शाखामा बीमा गराएका कटहरी गाउपालिका वडा नम्बर ४ का बीमित नरेश कुमार कामतको आमा जिन्दा देबि कामत दावी वापतको रकमको चेक हस्तान्तरण गरेको हो ।

बीमित कामतले कम्पनीबाट १० लाख रुपैयाँको साबधिक बीमा लेख लिएका थिए । आर्थिक वचत तथा आर्थिक सुरक्षाका लागि बीमा गराएका कामतको बीमा गरेको केही महिना पछि आकस्मिक मृत्यु भएको थियो ।

बीमितको निधनपछि हकबाला उनकी आमा जिन्दा देबि कामतलाई बीमा वापतको उक्त रकम कम्पनीका कोशी प्रदेश प्रमुख पुष्कर भट्टराईले हस्तान्तरण गरेका हुन ।

दाबी भुक्तानी कार्यक्रममा शाखाका प्रमुख सन्तोश राई एजिन्सी मेनेजर निलम ढुङेल तथा वडाका वडा अध्यक्ष जिब्नेश्वर यादब साथै अन्य जनप्रतिनिधि लगाएत को उपस्थिति रहेको थियो ।

दाबी भुक्तानी दिदै क्षेत्रीय प्रमुख भट्टराईले भवितव्य पर्दा बीमा कम्पनीले कसरी छिटो छरितो रुपमा दाबी भुक्तानी दिन्छ र बीमाका महत्वको बारेमा बताएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*