सूर्यज्योति लाइफको तीन लाख कित्ता शेयर बिक्रीमा

२० बैशाख २०८१, बिहीबार ०९:१९

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो।

यस शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । बिक्रीमा राखिएको उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ ।

सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र काठमाडौंको थापाथलीस्थित कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*