वैवाहिक वर्षगाँठमा थापा दम्पतीले दिए एक अर्कालाई बीमा पोलिसी उपहार

२० बैशाख २०८१, बिहीबार १५:४७

काठमाडौँ । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

आफ्नो वैवाहिक जीबनको पहिलो वर्ष घाठको अवसरमा तानसेन–२ का ब्यवसायी दम्पती रोशन थापा र बिना राना थापाले एक–अर्कालाई १०-१० लाख बिमाङ्कको बिमा पोलिसी एक अर्कालाई उपहार दिई आफ्नो वर्षगाँठ फरक तरिकाले मनाई समाजमा सकारात्मक सन्देश दिएका हुन् ।

जीवनमा आर्थिक समस्याको समाधान गर्न र अनिवार्य बचत हुने भएकोले थापा दम्पतीले अधिकतम सुबिधाहरु सहितको सिटिजन्स लाइफ इन्स्योरेन्सले ल्याएको सिटिजन शुभारम्भ बिमा योजना पाल्पा शाखा बाट खरिद गरेका हुन । परम्परागत उपहार भन्दा पनि वर्षौंसम्म उपयोग र सम्झना होस् भनेर वैवाहिक वर्षगाँठको अवसरमा एक अर्कालाइ बीमा पोलिसी उपहार दिएको उनिहरुले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*