१४ बीमा कम्पनीको साधारणसभा हुन अझै सकेन, अधिकांशले दिए लाभांश (सूचीसहित)

२० बैशाख २०८१, बिहीबार १९:०९

काठमाडौं ।बीमा कम्पनीहरूले प्राधिकरणले दिएको समयमा साधारणसभा गर्न नसक्नु पुरानै बिषय हो । बीमासम्बन्धी ऐनका अनुसार समयमा वार्षिक साधारणसभा (एजीएम) गरिसक्नुपर्ने व्यवस्था पालना गर्न नसक्नु बीमा कम्पनीहरुको बाध्यात्मक अवस्था रहेका छन् ।

प्राधिकरणले दिएको समयमा साधारणसभा गर्न नसक्ने बीमा कम्पनीले कम्पनी ऐनअनुसार आर्थिक जरिवाना तिर्नुपर्छ । हालसम्म एउटा मात्र बीमा कम्पनीले साधारणसभा गरेको विवरण आएको आधा बीमा कम्पनीहरुले अझै साधारणसभा गर्न सकेको छैन ।

हाल सञ्चालनमा रहेका ३ जीवन बीमा कम्पनी र ११ वटा निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९।०८० को वार्षिक साधारण सभा सम्पन्न गरिसकेका छन् ।

अधिकांश बीमा कम्पनीहरुले आफ्नो क्षमता अनुसारको लाभांश वितरण गरी लगानीकर्ताहरुलाई सन्तुष्ट बनाउन सफल भएका छन् । यस अवधिमासम्म अधिकांश जीवन बीमा कम्पनीहरु भने अहिलेसम्म आफ्नो वार्षिक साधारण सभाको मिति पनि तय गर्न सकेका छैनन् ।

जीवन बीमा कम्पनीः
हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये तीन वटा कम्पनीले मात्र आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरी शेयरधनीहरुलाई आर्थिक वर्षको लाभांश समेत वितरण गसिकेका छन् । यस अवधिसम्ममा एशियन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले आर्थिक वर्ष २०७९।०८० को वार्षिक साधारण सभा सम्पन्न गर्न सफल भएका छन् । यी कम्पनीहरुले आफ्नो क्षमता अनुसार शेयरधनीहरुलाई लाभांश वितरण गरिसकेका छन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले बम्पर लाभांश सहित भोलि (बैशाख २१ गते) आफ्नो १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
उक्त सभाले शेयरधनीको लागि घोषणा गरेको २४ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने कार्य योजना रहेको छ ।

सन नेपाल लाइफले पनि आफ्नो ७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले लगानीकर्ताहरुलाई १ दसमलव २५२६ प्रतिशत नगद लाभांश र २३ दशमलव ८० प्रतिशत बोनश लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै, जीवन बीमा कम्पनीहरुमध्ये आइएमई लाइफ इन्स्योरेन्सले आज (बैशाख २० गते) ९ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनश लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यद्यपी कम्पनीले वार्षिक साधारण सभाको मिति भने तय गरेको छैन् ।

यी वाहेका अन्य जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९।०८० को वार्षिक साधारण सभाको मिति तय गरेका छैनन् । यी कम्पनीहरुले हालसम्म शेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेका छैनन् ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले चाँही आफ्नो वार्षिक साधारण सभालाई २ पटक स्थगित गरी अर्को सूचना प्रकाशित नगरुन्जेको लागि फेरी स्थगित गरेको छ ।

निर्जीवन बीमा कम्पनीः

हाल नेपालमा सञ्चालन रहेका १४ निर्जीवन बीमा कम्पनीहरुमध्ये ११ वटाले आर्थिक वर्ष २०७९।०८० को वार्षिक साधारण सभा सम्पन्न गरिसकेका छन् । जस अन्तर्गत अधिकांश कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई क्षमता अनुसारको लाभांश वितरण गरी सन्तुष्ट बनाइसेको अवस्था छ ।

त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीले आफ्नो २८औं वार्षिक साधारण सभा आज मात्रै भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांश वितरण समेत गरेको छ ।

निर्जीवन कम्पनीहरुमा तीन वटाले मात्र वार्षिक साधारण सभा गर्न बाँकि रहेका छन् । हालसम्म नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स लगायतका अन्य कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० को वार्षिक साधारण सभा सम्पन्न गरेका हुन् । यी कम्पनीहरुमध्ये अधिकांशले लगानीकर्तालाई लाभांश वितरण गरेका छन् भने केहीले मात्रै शेयरधनीको हात रित्तो बनाएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*