आइएमई लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव संशोधन

२३ बैशाख २०८१, आईतवार १०:३०

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव संशोधन भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९।८० को नाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८५ नगद गरी कुल २६.१३५८ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको हो ।

यसअघि भने २५ प्रतिशत बोनस सेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । कम्पनीले नगद लाभांश घटाएको हो ।

नेपाल बीमा प्राधिकरणले हाललाई कर प्रयोजन बाहेक अन्य कुनै पनि नगद लाभांश वितरण नगर्न निर्देशन दिएपछि वैशाख २१ गतेको सञ्चालक समिति बैठकमार्फत उक्त संशोधन गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*