बीमितमैत्री बन्दै आइएमई लाइफ इन्स्योरेन्स, १ दिनमै बीमा दावी भुक्तानी

२३ बैशाख २०८१, आईतवार ११:१५

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीमित मैत्री बन्दै गएको छ । कम्पनीले विभिन्न समयमा परेका दावी भुक्तानीलाई छोटो र सहज वातावरणमा दावी भुक्तानी गर्दैै अएको छ ।

यसैक्रममा कम्पनीले राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराहीका सदस्य स्वर्गिय दिप बहादुर थापाको श्रीमती कमला थापालाई दावी भुक्तानी वापतको १ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

घोराही उप–महानगरपालिका वडा नंम्बर १८ मसिना निवासी स्वर्गिय दिप बहादुर थापाले राप्ती बचत तथा ऋण सहकारी संस्थाबाट घरायसी प्रयोजनको लागि गत वर्षको पुस २९ गते ऋण लिएका थिए । उक्त ऋण रकमलाईलाई सहकारीले आइएमई लाइफ इन्स्योरेन्समा लघु जीवन बीमा गरिदियको थियो ।

स्वर्गिय दिप बहादुर थापाको यहि वैशाख १० गते घरमै मृत्यु भयको परिवारले जानकारी गरायको थियो । कागज पत्र तयार गरेको एक दिनमै विना झनझट दावी रकम भुक्तानि गरेको कम्पनीका घोराही शाखा प्रमुख प्रशान्त महताराले जानकारी दिए ।

विना झनझट दाबी गरेको छोटो समयमै भुक्तानी गर्दा बीमा प्रति अझ धेरै विश्वास बढने र त्यो काम आइएमई लाइफ इन्स्योरेन्सले गरेको राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड घोराहिका सञ्चालक समिति अध्यक्ष भरत बहादुर बुढाथोकिले बताएका छन् । थोरै रकममा पनि आर्थिक सुरक्षा हुने हुदा बीमा अनिवार्य र अहिलेको आवश्यकता रहेको दाङ जिल्ला सहकारी संघका सचिव इन्द्र बहादुर बुढाथोकिले बताए ।

साथै, श्राद्धान्जली सभालाई राप्ती बचत तथा ऋण सहकारी संस्था व्यवस्थापक अमर वहादुर वलीले सञ्चालन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*