जन्मदिनमा श्रीमतीलाई नेशनल लाइफको बीमा पोलिसी उपहार

२३ बैशाख २०८१, आईतवार १३:००

काठमाडौं । दुधौली–१ सिन्धुलीका २५ बर्षका युवा दिपेन्द्र बरालले आफ्नी श्रीमती कृष्ण कुमारी बास्तोलाको जन्मदिनको अबसरमा नेशनल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका छन् । विभिन्न ठुला होटल, रेस्टुरेन्टमा गएर अनावश्यक खर्च गर्ने बानीको निरुत्साहित गर्दै बरालले श्रीमतीलाई कम्पनीको १० लाख रुपैयाँको अमृत श्री जीवन बीमा पोलिसी उपहारस्वरूप दिएका हुन् ।

युवा अवस्थामा पनि पढाइ बाहेक आफ्नो खर्च घर खर्च पुर्याएर बचाएको पैसाले आफ्नो श्रीमतीको जन्मदिनमा जीवन बीमा पोलिसी उपहार दिनपाएकोमा आफुलाइ खुसी लागेको कुरा व्यक्त गर्दै उनले हरेक नेपालीले अनावश्यक खर्च कटौती गरेर भविष्यको लागि अहिले देखि सोच्दै बचत गर्न अनुरोध पनि गरे ।

बरालले सबै जीवन बीमा कम्पनीको ईतिहास हेरेर अन्तमा नेशनल लाइफ इन्स्योरेन्स अब्बल लागेर श्रीमतीको जन्मदिन पारेर बीमा पोलिसी खरिद गरेका हुन । उनले जस्तै भबिस्यको लागि योजना बनाएर आजै देखि अनावश्यक खर्च कटौती गरेर सामाजिक उतर दायित्व अन्तर्गत वृद्ध आस्रममा बुबा आमालाइ खाना खुवाउने, अनाथलयमा अनाथ बाल बच्चालाई खाना खुवाउने, गरिब इमन्दार जेहेन्दार बालबालिकालाई शैक्षिक सामाग्री दिने, वृक्षारोपण गर्ने, जीवन बीमा आदी काम गरेर अनावश्यक खर्च कटौती गर्नेहो भने देशलाइ पनि ठूलो टेवा पुग्ने, आफ्नो मन पनि खुसी हुने, पाउने व्यक्तिलाई पनि खुसी व्यक्त हुने कुरा बताए ।

उक्त बीमा कम्पनीका वरिष्ठ एजेन्सी मेनेजर इन्दिरा धमला मार्फत गराएका हुन । धमलाले पनि बराल जस्ता युवापुस्ताले भविष्यको योजना बनाएर विभिन्न अवसरमा जीवन बीमा गराउनेको क्रम बढ्दो रहेको कुरा व्यक्त गरे । अभिकर्ताले पनि विभिन्न कार्यक्रममा बीमा पोलिसी खरिद गर्ने हो भने लामो समय वा जीवनकालसम्म सम्झना हुने कुरा व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*