२४ अकंले घट्यो नेप्से, ११ उपसूचक राताम्य हुँदा खुम्चियो कारोबार

२३ बैशाख २०८१, आईतवार १५:१०

काठमाडौँ । शेयर बजारमा भारि गिरावट देखिएको छ । लगानीकर्ताको मनोबल निरन्तर खुम्चिदै जाँदा बजार ओरालो गति तिर लागि रहेको हो । लगानीकर्ताले नीतिगत अवरोध सुधार नभएसम्म बजार अघि बढ्न नसक्ने बताइ रहेका छन् ।

नियामक निकाय समेत शेयर बजारलाई लिएर मौन छ । अर्थमन्त्रालयको सक्रियता केबल आश्वासनमै सीमित भएपछि लगानीकर्ता निराश छन् । यता, राष्ट्र बैंक समेत पुँजी बजारमा रहेका बाधा हटाउने पक्षमा देखिदैन ।
बैंकहरुको ब्याज निरन्तर घट्दो अवस्थामा रहेको छ । बजारको सत्रुको रुपमा रहेको ब्याजदर घट्दा समेत शेयर बजारमा कारोबार समेत बढ्न सकेको छैन । लगानीकर्ता अझै लगानीयोग्य वातावरण नभइरहेको तर्क गरि रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५८ अकंले घटेर १९७४.३७ बिन्दुमा बन्द भएको छ । आइतबार ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार रुपैयाँको कारोबार भएको हो ।

साताको पहिलो कारोबारको दिन ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.१० प्रतिशत, विकास बैंक समूहको २.६५ प्रतिशत, फाइनान्स समूहको २.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६८ प्रतिशतले शेयर मूल्य घटेको हो ।

लगानीकर्ता आज नेपाल फाइनान्सको शेयरमा झुम्मिएका छन् । कम्पनीको आज १२ करोड ६४ लाख ९९ हजार रुपैयाँको कारोबार भएको हो । साथै, हिमालयन डिष्टलरीको ११ करोड ९० लाख रुपैयाँ, पोखरा फाइनान्सको ११ करोड ७० लाख रुपैयाँ र आइएमई लाइफको ११ करोड रुपैयाँको कारोबार भएको हो ।

आइतबार दोल्ती पावरको ९.५६ प्रतिशत, साधना लघुवित्तको ८.७२ प्रतिशत, समता घरेलु लघुवित्तको ८.७२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*