आइएमई लाइफ इन्योरेन्सद्वारा अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिमसँगै सम्मान प्रदान

२४ बैशाख २०८१, सोमबार ११:०६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सुदूरपश्चिम प्रदेशको धनगढीमा नेतृत्व विकास तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम मार्फत १६६ जना अभिकर्ताहरुलाई तालिम प्रदान गरेको थियो । कार्यक्रम संचालन अत्तरिया शाखा प्रमुख लक्ष्मण महताले गरेका थिए ।

कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले उद्घाटन गरेको सो कार्यक्रममा, तालिम विभाग प्रमुख सुनिल आचार्य, चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले प्रशिक्षण दिएका थिए ।

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले युवा संग आइएमई लाइफ भन्ने नाराका साथ युवाहरुलाई अभिकर्ता पेशाको महत्वका साथै उज्ज्वल भविष्य रहेको जानकारी गराउँदै विभिन्न परिस्थितिमा बजारीकरणको नयाँ–नयाँ पद्धतिका विषयमा सरल एवं सहज बिधीहरु बताउँदै पेशागत अभिकर्ताको विषयमा महत्वपूर्ण प्रस्तुति दिएका थिए ।

उनले लगनशीलता तथा इमान्दारिताका साथ कार्य गर्दा यो पेशाबाट नाम, दाम र सम्मान आजीवन रहने गरी सन्तुष्टिसहित कार्य गर्न सकिने बताए र युवाहरुलाई स्वदेश मै रहि जीवन बिमामा ढुक्क सङ्ग काम गर्न अनुरोध गर्नु भएको छ ।

कार्यक्रमको अध्यक्षता सुदूरपश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश अन्तर्गतका धनगढी, अत्तरिया, झलारी, महेन्द्रनगर, बेलौरी र पुनर्बासका अभिकर्ताहरु साथै कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा स्वागत चिफ एजेन्सी म्यानेजर नब उपाध्यायले गरेका थिए भने एरिया शाखा प्रमुख प्रेम लाल रानाले बीमाका बारेमा आफ्नो भनाइ राखेको झलारी शाखा प्रमुख पबेन्द्र हमालले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*