एनएमबि बैंकले ल्यायो ‘सुन्दर सुदूरपश्चिम बचत खाता’, यस्ता छन् सुविधा

२४ बैशाख २०८१, सोमबार ११:१२

काठमाडौँ । एनएमबि बैंकको सुन्दर सुदूरपश्चिम बचत खाता सार्वजनिक गरेको छ । बैंकले सुदूरपश्चिम प्रदेशको वित्तीय स्थिरताको लागि उक्त बचत खाता ल्याएको हो ।

बैंकले ल्याएको सो बचत  खाता मार्फत आकर्षक ७.९८ प्रतिशत ब्याजदर पाउन सकिनेछ । यसका साथै, निःशुल्क एनएमबि डिलाइट कार्ड, क्रेडिट कार्ड, डलर कार्डको सुविधाहरु रहेको छ ।

त्यस्तै, कुनै पनि बैंकको एटिएमबाट रकम निकाल्दा अत्तिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*