जेठ १ गतेदेखि लागु हुने गरी ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय

२४ बैशाख २०८१, सोमबार ११:५०

काठमाडौँ ।धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको वैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ।

‘हिजो सञ्चालक समितिको बैठक बसेर ब्रोकर कमिसन प्रस्ताव अनुसार नै १० प्रतिशतले घटाउने निर्णय गरेको छ,’ धितोपत्र बोर्डका एक सञ्चालकले भने, ‘जेठ १ गतेदेखि लागु हुने गरी यस्तो निर्णय भएको हो। तर यसमा सबै सञ्चालकको हस्ताक्षर हुन बाँकी छ।’

धितोपत्र बोर्डमा अध्यक्ष नभएकै कारण यो निर्णय हुन सकिरहेको थिएन। आइतबार अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक रितेश शाक्यसमेत उपस्थित रहेको बैठकले यस्तो निर्णय गरेको हो। शाक्य अहिले धितोपत्र बोर्डको अध्यक्षको हैसियतमा समेत छन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*