लाभांश दिने निर्णयपछि सिटिजन लाइफमा झुम्मिए लगानीकर्ता, शेयर मूल्य उच्च

२४ बैशाख २०८१, सोमबार १२:००

काठमाडौँ । लाभांश दिनेभए पश्चात सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कारोबार शुरु भएको एक घण्टामै कम्पनीको ३ लाख ५९ हजार १८८ कित्ता बराबरको १७ करोड ५१ लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।

यो समाचार तयार पर्दा (११ः५८ बजे) सम्म कम्पनीको शेयर ६.१४ प्रतिशत अर्थात् २७ रुपैयाँ ७० पैसाले बढेर ४७९ रुपैयाँ पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*