महिला लघुवित्तको नाफामा २३% गिरावट

२४ बैशाख २०८१, सोमबार १२:४२

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा २३.२६ प्रतिशले घटेको हो।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले चार करोड दुई लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले पाँच करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४३.४७ प्रतिशत, कुल संचालन आम्दानी ३०.७३ प्रतिशत र संचालन मुनाफा २३.२६ प्रतिशतले घटेको छ । यही अवधिमा कम्पनीको खुद फी तथा कमिशन आय १९.७७ प्रतिशतले बढेको छ भने इम्पेरमेन्ट चार्ज तीन करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य मुनाफा तीन करोड ६४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले कर्मचारीमा गर्ने खर्च ४.८६ प्रतिशतले बढाएको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २४.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७०.४५ गुणा, तरलता अनुपात ६.१६ प्रशित र प्रतिशेयर नेटवर्थ २०१.८६ रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले चार अर्ब ९५ करोड रुपैयाँबराबर कर्जा प्रवाह गरेको छ भने एक अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी २१ करोड ७५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा चार करोड ३० लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार १७ करोड ४० लाखबाट बढेर १७ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*