एभरेष्ट बैंकको मधेश प्रादेशिक र वीरगंज शाखाको सेवा अब आफ्नै भवनबाट

२४ बैशाख २०८१, सोमबार १३:३०

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालयबाट प्रदान गर्दै आएको बैकिङ्ग सेवा अब आफ्नै भवन मार्फत प्रदान गर्ने भएको छ ।

बैंकले एक कार्यक्रमको आयोजा गरी वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको हो ।

उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरी गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत सो क्षेत्रका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक पुष्प राज उउप्रेतीले उक्त नव निर्मित आफ्नै भवनबाट ग्राहकहरुले अझ बृहत र परिष्कृत बैंकिङ्ग सेवा तथा सुविधा सरल, सुलभ र सहज रुपमा उपभोग गर्न सक्ने बताए ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंक स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको बैंकमा हालसम्म करिब १४ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १६४ एटिएम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एस्।एम् एस् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*