लगातार तेस्रो दिन समेत बजार राताम्य, लगानीकर्ताको मनोबल कमजोर हुँदा कारोबार पनि खुचिम्यो

२४ बैशाख २०८१, सोमबार १५:०९

काठमाडौँ । लगातार तेस्रो दिनसम्म शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताको मनोबल उच्च बन्न नसक्दा शेयर बजारले निरन्तर ओरालो यात्रा लिइरहेको हो ।

ब्रोकर कमिशन १० प्रतिशत घटाउने निर्णय धितोपत्र बोर्डले गरेपनि शेयर बजारमा सुधार आउन सकेको छैन । नियामक निकायले कम्पनीहरुमा लगाएको क्यापले गर्दा दोस्रो बजार निरन्तर ओरालो गति तिर अग्रसर भइरहेको एक लगानीकर्ताले बताए । उनले भने, ‘नियामक निकायले अधिकांश सेक्टरका कम्पनीमा क्याप लगाएको छ । इन्स्योरेन्स तथा लघुवित्तको लाभांशमा नियामकको कैची चलि रहेको छ । सोहि कारण पनि लगानीकर्ता निराश छन् । कुन बेला कस्तो निर्णयले बजार धरासयी हुन्छ भन्ने कुराले लगानीकर्ता अन्यौलमा रहेका हुन्’ ।

बजार ओरालो लागेसँगैै कारोबार रकम समेत खुम्चि रहेको छ । लगानीकर्ता लगानी गर्ने डराइरहेको अवस्था छ । नीतिगत अवरोधले शेयर बजारलाई थिचेर राखेको छ । सोहि नीतिगत अवरोध फुकुवाका लागि लगानीकर्ताले निरन्तर माग गरी रहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६२ अकंले घटेर १९५८.७५ बिन्दुमा बन्द भएको छ । आज ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो ।

सोमबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६३ प्रतिशत, फाइनान्स समूहको १.९६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१६ प्रतिशत, हाइड्रोपावर समूहको ०.४४ प्रतिशतले शेयर मूल्य घटेको हो ।

त्यस्तै, सिटिजन लाइफको ३१ करोड ९८ लाख रुपैयाँ, नेपाल फाइनान्सको १० करोड ८१ लाख रुपैयाँ, पोखरा फाइनान्सको ९ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।

यता, बोटलर्स नेपाल (तराई) को ९.०३ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको ८.५२ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ५.१३ प्रतिशतले शेयर मूल्य बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*