बोटलर्स नेपाल (तराई) सहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२४ बैशाख २०८१, सोमबार १५:१४

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ६२ अंकले घटेर १९५८ दशमलव ७५ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै कारोबारमा आएका १७७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । आज बोटलर्स नेपाल (तराई) को शेयरमूल्य ९ दशमलव ०३ प्रतिशतले सर्वाधिक बढेको छ ।

त्यस्तै, माउन्टेन हाइड्रो नपालको ८ दशमलव ५२ प्रतिशत, सीवाइसी नेपाल लघुवित्तको ५ दशमलव १३ प्रतिशत, दिव्यश्ररी हाइड्रोपावरको ४ दशमलव ९२ प्रतिशत र बाराही हाइड्रोपावरको ४ प्रतिशतले शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*