सन नेपाल लाइफद्वारा बीमितको घरमै पुगेर बीमा दाबी भुक्तानी

२४ बैशाख २०८१, सोमबार १६:२२

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बैशाख २४ गते भजनीशाखाद्धारा कैलाली जिल्लाको भजनी न.पा ५ स्थीत मृतकको घरमै गए मृत्युदाबी भुक्तानी गरेको हो ।

प्रस्तावक स्व राम बहादुर साउदको बीमालेख नं. ७०२००००१२०६२ अन्र्तगत रहि छोरा यज्ञ साउदको नाममा बाल समृद्ध सावधिक जीवन बीमा १५ वर्ष अवधि राखि प्रथम बीमाशुल्क रकम ३ लाख २६ हजार ६९६ भुक्तानी गरी बीमाङ्क ५ लाख को जीवन बीमा गरेका थिए । उनकोे कात्तिक ८ गते मोटरसाइकल दुर्घटनाको कारण निधन भएकोले निजको छोरालाई मासिक पढाई खर्च रकम १० हजारका दरले बच्चाको उमेर १६ वर्ष नपुगन्जेलसम्म हुने जम्मा १६८ महिनाको कुल १६ लाख ८० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

साथै, प्रत्येक वर्ष भुत्तानी गर्नु पर्ने किस्ता बाफतको रकम ३१ हजार ७ रुपैयाँका दरले जम्मा १४ बार्षिक किस्ताहरुको कुल बीमाशुल्क रकम ४ लाख ३४ हजार ९८ रुपैयाँ छुट प्रदान गर्ने गरी हाल प्रस्तावकको मृत्यु भएको चैत मसान्त सम्मको ४ महिनाको मासिक पढाई खर्च १० हजार रुपैयाँ दरले हुने जम्मा रकम ४० हजार र किरिया खर्च वाफतको रकम ५० हजार गरी जम्मा कुल दावी रकम ९० हजारको चेक रकम भजनी कार्यालय प्रमुख नवराज बुढाद्धारा भुत्तानी गरेका हुन् ।

साथै उक्त मृत्युदावी रकम भुत्तानी कार्यक्रममा स्थानीयनिकायका जनप्रतिनिधि, आम सर्बसाधारण र अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा कम्पनीका भजनी उपशाखा प्रमुख नवराज बुढाले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*