जनकपुरमा एउटा सहकारीको ८० लाख रुपैयाँ लुटपाट

२४ बैशाख २०८१, सोमबार १७:३७

काठमाडौँ । धनुषाको जनकपुरमा एउटा सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१९ मा रहेको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारीलाई मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेका जानकारी आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सहकारीका कर्मचारी वीरेन्द्र महतोले जनकपुरमा रहेको हिमालयन बैंकबाट रकम झिकेर मोटरसाइकलमा सहकारीको कार्यालय जाँदै गर्दा रकम लुटपाट भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*