एलआईसी नेपालद्धारा सात लाख रुपैयाँ बीमा दाबी भुक्तानी

२४ बैशाख २०८१, सोमबार १८:०२

काठमाडौँ । एलआईसी नेपाल लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको तौलिहवा शाखाले बीमा दाबी बापतको ७ लाख ९ हजार ५५० रुपैयाँ भुक्तानी गरेको हो ।

कम्पनिमा बीमित रुद्रनाथ रौतारले कार्तिक महिनामा बिमांक २ लाख ३० हजारको जीवन आस्था बीमा योजना खरिद गरेका थिए । रौतारको बीमा जारी भएको पाँच महिना नबित्दै दुर्घटनाको कारण निधन भएको हो ।

तौलिहवा शाखाका शाखा प्रबन्धक सुर्य जिसीले मृत्यु दाबी बाफतको रकम उनकी धर्मपत्नी राधा चौधरी थारु लाई हस्तान्तरण गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*