नेपाल लाइफको विलम्ब शुल्कमा ३०% सम्म छुट

२५ बैशाख २०८१, मंगलवार ०९:००

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले व्यतित भएका बीमालेखहरू नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो ।

कम्पनीबाट जारी भएका बीमालेखहरूमा नवीकरण गर्नुपर्ने मितिबाट १८० दिन वा सोभन्दा बढी दिनदेखि व्यतित भई नवीकरणको लागि तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने गरी आज (वैशाख २५ गते)सम्म व्यतित भएका बीमालेखहरुमा आजैदेखि असार ६ गतेसम्म नवीकरण गरेमा छुट पाइनेछ ।

कम्पनीले १८० दिनभन्दा माथि तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ३० प्रतिशत, तीन वर्षभन्दा माथी पाँच वर्षसम्मको व्यतित बीमालेखमा २५ प्रतिशत र पाँच वर्ष भन्दा माथि व्यतित बीमालेखमा २० प्रतिशत छुट दिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*