सिटिजन लाइफको लाभांश रद्द

२५ बैशाख २०८१, मंगलवार ०९:५६

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश रद्द गरिएको छ ।

कम्पनीले शेयर प्रिमियम रकमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.४२०२२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

तर, नियामक निकाय नेपाल बीमा प्राधिकरणले वैशाख २४ गते कम्पनीलाई पत्राचार गर्दै घोषणा गरेको लाभांश वितरण नगर्न निर्देशन दिएपछि कम्पनीले लाभांश रद्द गर्ने निर्णय गरेको हो ।

citizen

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*