एलआइसी नेपाल तौलिहवा शाखाद्वारा बीमा दावी भुक्तानी

२५ बैशाख २०८१, मंगलवार १०:४१

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीको तौलिहवा शाखा कार्यालयले बीमा दावी भुक्तानी वापतको ७ लाख ९ हजार रुपैयाँको चेक बीमितकी पत्नी राधा चौधरीलाई हस्तान्तरण गरेको हो । दावी वापतको उक्त चेक कम्पनीका तौलिहवा शाखा कार्यालयका शाखा प्रबन्धक सुर्य जिसीले हस्तान्तरण गरेका हुन् ।

बीमित रुद्रनाथ रौतारले कम्पनीको तौलिहवा शाखा कार्यालय मार्फत २ लाख ३० हजार रुपैयाँ बिमांक बराबरको बीमा गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*